Logo

Aug 01 2025 | २०८२, साउन १६ गते

Aug 01 2025 | २०८२, साउन १६ गते

शपथग्रहण स्थगित

बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित

बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित

  • काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित भएको छ ।

    images
    images
    images

    आज दिउँसो १ बजे हुने भनिएको नवनियुक्त तीन मन्त्रीको शपथ प्रदेश प्रमुख अकस्मात बिरामी भएपछि स्थगित भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिएका छन् ।

    images

    प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएपछि उनी आज बिहानै काठमाडौं गएको प्रवक्ता सापकोटाले बताए ।कांग्रेस पार्टीमा विवाद बढिरहेका बेला मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए ।

    बुधबार भएको काँग्रेस संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामालाई पराजित गर्दै इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बनेका छन् । बानियाँले २२ मत प्राप्त गरेका छन् भने लामाको पक्षमा १४ मत परेको छ । त्य

    स्तै एक मत बदर भएको थियो । संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिदै मुख्यमन्त्री लामाले संबिधानमै दुई बर्षसम्म सरकार परिवर्तन गर्न नपाइने व्यवस्था रहेको बताउदै राजीनामा दिन अस्वीकार गरेपछि नयाँ विवाद शुरु भएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij