Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश पुर्ण बैठक आज महोत्तरीको बर्दिबासमा जारी रहेको छ ।
यस बैठकमा जिल्लागत प्रगति विवरण, पदपूर्ति सम्बन्धमा, संगठन सवलिकरण अभियान र प्रशिक्षण कार्यक्रम तय गर्ने सम्बन्धमा, हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा राजनीतिक यात्रा सम्बन्धमा, वारा र सप्तरी जिल्ला समिति वारे आएको गुनासो सम्बन्धमा छलफल हुने एजेन्डा रहेको छ ।
मधेस प्रदेश सभापति ईन्जिनियर तपेश्वर यादवको सभापतित्व बस्दै गरेको यस मधेस प्रदेश बैठकमा प्रमुख अतिथि कार्यवाहक सभापति तथा सांसद डि.पी. अर्याल, मधेस प्रदेश ईन्चार्ज, पार्टी प्रवक्ता तथा सांसद मनिष झा, सांसद प्रो.डा.चन्दा कार्की, केन्द्रीय सदस्य डा नन्दन यादव, केन्द्रीय सदस्य कामिनी चौधरी लगायतको उपस्थिति रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij