Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

पक्राउ

प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै ,लागुऔषध हेरोइन सहित दुई जना पक्राउ

प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै ,लागुऔषध हेरोइन सहित दुई जना पक्राउ

  • काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी हेरोइन सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै दुई जनालाई लागुऔषध हेरोइन सहित उनीहरुलाई पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बडिविरपुर का विशाल राय र डाक्नेश्वरी– ७ का मनोज राय छन् । सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीका अनुसार पक्राउ परेकाहरुको साथबाट एक सय ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद भएको छ ।

    नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि दुई राउण्ड हवाई फायर गर्नुपरेको उपरीक्षक केसीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij