Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ: मन्त्री पाण्डे

बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ: मन्त्री पाण्डे

  • काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    गुरु पद्मसंभवको जन्म दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी भएको कारणले गर्दा नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरुको संख्या विश्वमै बढिरहेको उल्लेख गरे ।

    AGNI GROUP

    उनले नेपाल वेद र बुद्धको भूमि भएको स्मरण गराउँदै भने- 'हामी बुद्ध र वेदको धरोहर बोकेको देश हौं, अब यसलाई सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ ।

    मन्त्री पाण्डेले गुरु पद्मसंभवको योगदानको चर्चा गर्दै भने- 'हिमाली बौद्ध परम्परालाई उहाँले अघि बढाउनु मात्रै होइन, त्यसको प्रचार–प्रसारमा समेत ऐतिहासिक योगदान गर्नुभयो।

    उहाँको योगदान आज विश्वभर फैलिएको बुद्ध दर्शनको एउटा महत्वपूर्ण आधार हो ।'उनले पहिलोपटक गुरु पद्मसंभवको जन्म दिवसलाई औपचारिक रूपमा कार्यक्रम गरी मनाउनु ऐतिहासिक कदम भएको बताउँदै यस्ता सांस्कृतिक र धार्मिक कार्यक्रमलाई आगामी दिनहरूमा अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

    मन्त्री पाण्डेले बुद्धको शिक्षालाई आजको संसारले अझै पनि ग्रहण गरिरहेको र त्यो क्रम बढ्दो रहेको उल्लेख गर्दै भने- 'भौतिक सम्पन्नता एक हदसम्म मात्र सन्तुष्टि दिन सक्छ, तर अन्तर्मनको शान्ति बुद्धमार्गबाट मात्र सम्भव हुन्छ।'

    नेपालको ऐतिहासिक, धार्मिक र आध्यात्मिक सम्पदाको संरक्षण, प्रचार–प्रसार र विश्वसामु प्रभावकारी प्रस्तुतिकरण नेपाल सरकारको प्राथमिकतामा रहेको पनि उनले स्पष्ट पारे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij