
Aug 06 2025 | २०८२, साउन २१ गते
काठमाडौं । पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडी सहित ७ सदस्यीय वादोरियो कराते टोली आज श्रीलंकाको रत्नापुरा जाने भएको छ ।
अगष्ट ७ र ८ तारिखमा हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन् । महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले खेल्ने छन् ।
प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी तथा अफिसियलमा राजकुमार कार्की रहेका छन् ।
टोलीलाई पूर्व प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व मन्त्री शक्ति बस्नेत लगायतले खुमाल्टारमा मंगलबार एक कार्यक्रम बीच बिदाइ गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij