
Aug 06 2025 | २०८२, साउन २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी वराहक्षेत्रका अर्थराज कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएकाे हाे ।
यौन दुर्व्यवहार मुद्दामा अदालतले कोइरालालाई दोषि ठहर गरेको थियो । उनले आफ्नै घरमा काम गर्ने नाबालिगमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दायर भएपछि सुनसरी जिल्ला अदालतले कसुरदार ठहर्याएको हो । नेपाली काँग्रेसका हाइ प्रोफाइल नेताहरूसँग सङ्गत भएका उनी पहुँचको आधारमा लामो समयदेखि पक्राउ परेका थिएनन् ।
काेइराला अमेरिकाको टेक्ससमा बस्दै आएका थिए । घर आएका बेला गत वैशाखमा यौन दुर्व्यवहारको घटना बाहिरिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतले उनलाई धरौटीमा छाेड्याे । तर सुनसरी जिल्ला अदालतले गत असार ३२ गते उनलाई कसुरदार ठहर गरेकाे छ ।
बालबालिका सम्बन्धी कसुरअन्तर्गतको बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै सुनसरी अदालतले कोइरालालाई २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । साथै, पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रुपैयाँ भराउने फैसला भए पनि उनी पक्राउ परेका थिएनन् ।
विराटनगर महानगरपालिका–३ स्थित पार्टी कार्यालयमा रास्वपाले मङ्गलवार आफ्ना सभापति लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन अभियान चलाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij