
Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल भ्रमणमा आउँदैछन् ।
परराष्ट्र मन्त्रालयले विदेश सचिव मिश्री आज नेपाल आउने जानकारी दिएको हो । दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारी बारे छलफल गर्न विदेश सचिव मिश्री नेपाल आउन लागेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारी गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij