
Aug 28 2025 | २०८२, भदौ १२ गते
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल भूमि विधेयकको विरोधमा बिहीबार रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ । जसपा नेपालले भूमिसम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने र यसबाट वनजंगल विनाश भइ तराई–मधेश मरुभूमिकरण हुने भएकाले सुरुदेखि नै यसको विपक्षमा रहेको बताएको छ ।
पार्टीको केन्द्र तथा प्रदेश समितिको निर्देशनअनुसार प्रदर्शनमा उत्रिएको जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए ।
सिद्धार्थनगर नगरपालिका–४ स्थित रामजानकी हनुमान मन्दिरबाट सुरु भएको प्रदर्शन पिपरहिया चोक, गल्लामण्डी हुँदै मिलनचोकमा पुगेर विरोध सभामा परिणत भएको पार्टीको रुपन्देही जिल्ला सचिव विष्णु अधिकारीले बताए ।
विरोध सभामा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य कैलाश गुरुङले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रिनुपरेको बताए । उनले सरकारले यो आन्दोलनलाई कमजोर ठाने अझ सशक्त रुपमा अगाडि बढ्ने बताए । उनले वर्तमान सरकारले किसानको समस्या समाधान गर्न नसकेको आरोप लगाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij