Logo

Sep 07 2025 | २०८२, भदौ २२ गते

Sep 07 2025 | २०८२, भदौ २२ गते

जेनजीको आन्दोलनमा भरपुर समर्थन छ, तर म जान मिल्दैन: मेयर साह

जेनजीको आन्दोलनमा भरपुर समर्थन छ, तर म जान मिल्दैन: मेयर साह

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जेनजीले भोलि काठमाडौंमा गर्ने भनेको आन्दोलनप्रति समर्थन जनाएका छन् । उमेर हदका कारण आन्दोलनमा आफू प्रत्यक्ष सहभागी हुन भने नसक्ने उनको भनाइ छ ।

    images
    images
    images

    फेसबुकमा स्टाटस लेख्दै बालेनले भोलिको र्‍याली स्वतस्फूर्त भएकाले कुनै पार्टीका नेता, कार्यकर्ता, सांसद अभियन्तालाई बाटो बनेर आफ्नो स्वार्थ पूरा नगर्न चेतावनीसमेत दिएका छन् ।

    images

    उनले लेखेका छन्, ‘भोलिको र्‍याली स्पष्ट स्वस्फूर्तरूपमा जेन जेडको हो र उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जस्कोलागि म पनि बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij