
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौँ । काठमाडौँको माइतीघर लगायत देशका विभिन्न स्थानमा युवाहरुको प्रदर्शन जारी रहेको छ ।
भ्रष्टाचार तथा बेथितिविरुद्ध काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ प्रदर्शन शुरु भएको हो । माइतीघरमा जम्मा भएको युवाहरुको प्रदर्शन अहिले बानेश्वरतर्फ पुगेको छ भने प्रहरीले बेरिकेड लगाएर उनीहरुलाई रोकेको छ ।
प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । त्यस्तै उनीहरुले काठमाडौँ महानगरका मेयर बालेन शाहको पक्षमा नाराबाजी गरेका छन् । राष्ट्रिय झन्डा र प्लेकार्डसहित विद्यार्थीदेखि जेनजी पुस्ताका युवाहरु विस्तारै जुटेर प्रदर्शन गरिरहेका छन् ।
जेनजी पुस्ताको प्रदर्शनमा उनीहरुले विभिन्न प्लेकार्डमा युवाहरुको माग पुरा गरिनुपर्ने, सुशासन हुनुपर्ने, जनताले तिरेको करको दुरुपयोग रोकिनुपर्ने लगायतका नारा लेखिएका छन् । साथै उनीहरुले प्रहरीलाई तपाइँहरु कसको साथ हुनुहुन्छ, हाम्रो वा भ्रष्ट नेताको भन्ने प्रश्न सोधेको प्लेकार्ड पनि बोकेका छन् ।
युवाहरुको प्रदर्शन काठमाडौँ बाहिर विराटनगर, पोखरा, बुटवललगायतका विभिन्न शहरमा जारी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij