Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

‘जेनजी’ आन्दोलन

संसद् भवन पुग्यो जेनजीको प्रदर्शन

संसद् भवन पुग्यो जेनजीको प्रदर्शन

  • काठमाडौँ । प्रदर्शनमा उत्रिएका जेनजी युवाहरु बानेश्वरस्थित संसद् भवन सम्म पुगेका छन् ।

    images
    images
    images

    प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए । प्रदर्शनकारी युवाहरु संसद भवनभित्र पस्न शुरु गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ ।

    images

    त्यस्तै उनीहरुले काठमाडौँ महानगरका मेयर बालेन शाहको पक्षमा नाराबाजी गरेका छन् । राष्ट्रिय झन्डा र प्लेकार्डसहित विद्यार्थीदेखि जेनजी पुस्ताका युवाहरु विस्तारै जुटेर प्रदर्शन गरिरहेका छन् ।

    जेनजी पुस्ताको प्रदर्शनमा उनीहरुले विभिन्न प्लेकार्डमा युवाहरुको माग पुरा गरिनुपर्ने, सुशासन हुनुपर्ने, जनताले तिरेको करको दुरुपयोग रोकिनुपर्ने लगायतका नारा लेखिएका छन् ।

    साथै उनीहरुले प्रहरीलाई तपाइँहरु कसको साथ हुनुहुन्छ, हाम्रो वा भ्रष्ट नेताको भन्ने प्रश्न सोधेको प्लेकार्ड पनि बोकेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij