
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् ।
कांग्रेसको पार्टी कार्यालय का मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।
आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे छलफल गरेका थिए ।
दुवै महामन्त्रीले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई दबाब दिन आग्रह गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij