Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

अवैध लागूऔषधसहित तीन जना पक्राउ

अवैध लागूऔषधसहित तीन जना पक्राउ

  • काठमाडौँ । प्रहरीले दाङ र नवलपरासी पश्चिमबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ गरेको छ ।  

    onlinepatrika
    Arghakhachi

    दाङको लमही नगरपालिका-९ अमिलियाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४४ ट्याब्लेट र नाईट्राजेपाम ४८ ट्याब्लेट सहित तुलसीपुर नगरपालिका-८ बस्ने सल्यान बागचौर नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चेकपोष्टबाट खटिएको प्रहरीले नेपालगंजबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.८ प ४८०७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

    AGNI GROUP

    नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-६ तिलकाना बस्ने ३१ वर्षीय खड्क बहादुर रोकालाई अवैध लागूऔषध गाँजा ५७ ग्राम ७ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६० क्याप्सुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij