Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेन जी आन्दोलन

जेनजी आन्दोलनमा लुटिएको बन्दुक र गोली झाडीमा भेटियो

जेनजी आन्दोलनमा लुटिएको बन्दुक र गोली झाडीमा भेटियो

  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा झापाबाट लुटिएको हतियार र गोली फेला परेको छ । जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएको इन्सास हतियार सहित गोली र म्यागजिन फेला परेको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिर्तामोड नगरपालिका– ६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक सिमल तरुलको झाडीमा बेवारिसे अवस्थामा सो हतियार फेला परेको हो । झाडीमा एक थान इन्सास हतियार, एक थान म्याग्जिन, १९ राउन्ड साबुत र २ राउन्ड बेसाबुत गोली फेला परेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।

    AGNI GROUP

    फेला परेको हतियार भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाटै लुटिइएको थियो ।

    जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये बिर्तामोड र दमक गरी २२ थान भेटिन अझै बाँकी रहेको खड्काले बताए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij