Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

मुख्यमन्त्री कार्कीले गरे कोसीमा नयाँ मन्त्री नियुक्त

मुख्यमन्त्री कार्कीले गरे कोसीमा नयाँ मन्त्री नियुक्त

  • काठमाडौँ । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ मन्त्रीहरु नियुक्त गरेका छन्। नेपाली कांग्रेसका ५ र एमालेका ५ जना गरि राज्यमन्त्री सहित १० जना मन्त्री नियुक्त गरेका हुन्। 

    onlinepatrika
    Arghakhachi

    यसअघिका मन्त्रीले काम निकाल्न नसकेपछि जनताका लागि देखिने गरि काम गर्ने मन्त्री खोजी गर्दै नयाँ मन्त्रीहरू नियुक्त भएका हुन्। नेकपा एमालेबाट विदुर कुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री,  इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री, रामप्रसाद मेहता सामाजिक विकास मन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री छन्। 

    AGNI GROUP

    त्यस्तै नेपाली कांग्रेसबाट  प्रदीप सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री,  मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री, इस्राइल मन्सुरी उद्योग कृषि तथा सहकारी मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री र शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएका हुन्।

    उनीहरुलाई अहिले सपथ गराईँदै छ। नियुक्त भएका मन्त्रीहरुको बारेमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख समक्ष मन्त्री तथथा जिम्मेवारी हेरफेर गरिएको जानकारी गराएका थिए। लगत्तै प्रदेश प्रमुख कार्यालयमा सपथको कार्यक्रम तय भएको छ।

    612615423_25323867040628854_6669184794189789899_n_1y3UcetDNo.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij