Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले आज भएको आमनिर्वाचनलाई नमान्ने बताएका छन् । प्रसाईँ हिरासतभित्रै रहेका बेला उनको फेसबुक अकाउन्टबाट स्टाटस पोस्ट भएको छ ।
प्रसाईंले लेखेका छन्, ‘ज्यानमारा, भ्रष्ट, सिंहदरबारदेखि सम्मानित सर्वोच्च अदालतसम्म आगो लगाउने, सहकारी ठगीमा संलग्न गिरोह, ७५ जना बालबालिकाको ज्यान जाने अवस्था सिर्जना गर्ने र खर्बौँको सम्पत्ति नष्ट गर्ने गिरोहहरूले पश्चिमाको डिजाइनमा देश र नागरिकलाई रुवाएर जबरजस्ती थोपरेको यो चुनाव हामीलाई मान्य छैन । आज भ्रष्ट ठगहरूले जितेको र देशले हारेको कालो दिन हो ।’
एक जना राष्ट्रवादी व्यक्तिसँग डराएर थुनेर गरिएको चुनावको हिसाब-किताब एक दिन अवश्य हुने उनको चेतावनी छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij