Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

  • काठमाडौं । काठमाडौं पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको ग१च २२५५ नम्बरको ‘टोयटा हायस जिप’ दुर्घटना हुँदा काठमाडौँ तारकेश्वर नगरपालिका–५ टोखा निवासी जिप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन् । जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    कोरलानाका नजिकै अनियन्त्रित भई आज बिहान जीप दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।

    AGNI GROUP

    उनका अनुसार कोरलानाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो । घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरलानाकाबाट उद्धार गरी जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij