Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका ५ बसुन्धारामा हरेको सिद्धबाबा युनिफर्म इन्टरप्राइजेजमा आगलागी हुँदा ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार विद्युत सर्ट भएर आज विहान २ बजे ५२ मिनेटमा आगो लागेको हो ।
आगो ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयवासी तथा अन्य निकायको सहयोगमा करिब पौने ६ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा नष्ट भएको छ भने अन्नपूर्ण किराना स्टोर र प्रतीक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको छ । साथै लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति भएको छ ।
घटनामा कुनै मानवीय क्षति भएको छैन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij