Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

चितवनमा बर्डफ्लु आउटब्रेक: दुई महिनामा ५८ हजार कुखुरा नष्ट गरियो

चितवनमा बर्डफ्लु आउटब्रेक: दुई महिनामा ५८ हजार कुखुरा नष्ट गरियो

  • काठमाडौं । पोल्ट्री व्यवसायको हब चितवनमा चालु आर्थिक वर्षमा दोस्रोपटक बर्डफ्लु आउटब्रेक भएको छ । गत चैतमा भरतपुरको एक कुखुरा फर्ममा बर्डफ्लु भएर कुखुरा नष्ट गरिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    दुई महिनापछि यहि साता चितवनको खैरहनी नगरपालिकाको ठूलो मात्रामा कुखुरा पालन गर्ने फार्ममा बर्डफ्लु रोग आउटब्रेक भएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात न्यौपानेका अनुसार गत आइतबार खैरहनीको एक कुखुरा फार्मबाट ३८ हजार २ सय लेयर्स कुखुरा नष्ट गरिएको हो ।

    AGNI GROUP

    बर्डफ्लु आउट ब्रेक भएपछि उक्त फार्ममा पालिका २९ र ३३ हप्ताका कुखुरा नष्ट गरिएको हो । भने १ हजार ४ सय ५ पेटी अण्डा पनि नष्ट गरिएको छ ।

    गत आइतबार कुखुरा र अण्डा नष्ट गरिएको उनले नेपाल प्रेसलाई जानकारी दिए । गत चैत ११ गते भरतपुर महानगरपालिका वडा नम्बर ४ मा रहेको एक कुखुरा फार्मको २० हजार ६ सय वटा कुखुरा नष्ट गरिएको थियो ।

    डा.न्यौपानेका अनुसार चितवनको दुईवटा मात्रै फार्ममा बर्डफ्लु आउट ब्रेक भएपनि ठूला कुखुरा पालन गरिरहेका फार्ममा संक्रमण पुष्टि हुँदा नागरिकमा मासु र अण्डा खाने नखानेप्रति आशंका बढेको छ । डा.न्यौपाने भने मासु र अण्डा खाँदा राम्रोसँग पकाएर खान सुझाव दिन्छन् । उनले बर्डफ्लु पंक्षीमा हुने भाइरसका कारण लाग्ने भएकोले राम्रोसँग पकाएर मासु तथा अण्डा खान सुझाव दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij