Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

  • काठमाडौं । लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो छैटौँ विश्वकप सहभागितालाई अविस्मरणीय बनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    कप्तान मेस्सीको ह्याट्रिक प्रेरित प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा अभियान विजयी सुरुआत गर्दा उहाँ विश्वकप इतिहासका संयुक्त सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।

    AGNI GROUP

    कन्सास सिटीस्थित ६९ हजार ४५ दर्शक क्षमता भएको एरोहेड स्टेडियममा मङ्गलबार भएको खेलमा ३८ वर्षीय मेस्सीले तीन गोल गर्दै आफ्नो विश्वकप गोल सङ्ख्या १६ पुर्‍याए ।

    यस सँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोसको सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका छन् । मेस्सीका लागि यो खेल अर्को कारणले पनि विशेष रह्यो ।

    उनले आफ्नो करियरको २००औँ अन्तर्राष्ट्रिय खेल खेल्दै विश्वकपका छ संस्करणमा सहभागिता जनाउने पहिलो फुटबलरको इतिहास रचे ।
    सन् २००६ मा जर्मनीमा किशोर खेलाडीका रूपमा पहिलो विश्वकप खेल्नुभएका मेस्सीले दुई दशक लामो यात्रामा अर्को ऐतिहासिक अध्याय थपेका हुन् ।

    ग्रुप ‘जे’ अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले सुरुदेखि नै पकड जमाएको थियो । मेस्सीले १७औँ मिनेटमा सुन्दर कर्लिङ प्रहारमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

    त्यो गोलसँगै उनको विश्वकप गोल सङ्ख्या १४ पुगेको थियो, जसले उनलाई जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एमबाप्पेको बराबरीमा पु¥याए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij