Jun 19 2026 | २०८३, असार ५ गते
ललितपुर । ललितपुर महानगरपालिकाको मुख्य प्रशासनिक भवनस्थित सभाकक्ष (सिटी हल) मा शुक्रबार नवौं नगर सभा सुरु भएको छ। नगर सभामा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम, बजेट तथा महानगरको समग्र विकाससँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिने जनाइएको छ।
महानगरले “ललितपुरको समृद्धि र सुशासनको आधारः सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार” भन्ने मूल नारालाई आत्मसात गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ।
नगर सभाले पूर्वाधार विकास, सम्पदा संरक्षण, सुशासन प्रवर्द्धन तथा नागरिकमैत्री सेवाका कार्यक्रमलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij