Jun 19 2026 | २०८३, असार ५ गते
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी वैशाख २५ गते हुने प्रथम राष्ट्रिय महाधिवेशनका सन्दर्भमा राप्रपा हेटौँडा उपमहानगरपालिका कार्यसमितिका अध्यक्षका लागि आज (आइतवार) भएको निर्वाचनमा प्रेमलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठका अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमितिको निर्वाचन पनि आज सम्पन्न भएको छ । सोअनुसार हेटौँडा – १ देखि १९ सम्मका पार्टीका वडाध्यक्षमा क्रमशः कवीन्द्रराज भट्टराई, नवराज पौडेल, बिशभ अधिकारी, गुरुप्रसाद सापकोटा, उदयनारायण दङ्गाल, केशवप्रसाद तिमल्सिना, राजुबाबु श्रेष्ठ, इन्दिरा बानियाँ, ध्रुवप्रसाद सञ्जेल, भगवान् बर्तौला, होमबहादुर थापा मगर, टीका कार्की, गुञ्जनबहादुर न्यौपाने, लक्ष्मण दाहाल, सागर थापा, टीकाबल्लभ ढुङ्गाना, सरस्वतीकुमारी थिङ, ध्रुवबहादुर गिरी, हीरा चौरेल र उर्मिला घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समापन समारोहमा राप्रपा केन्द्रीय सदस्यद्वय मधु अधिकारी र राजाराम बर्तौलाले राजनीतिक दलका नेतृत्व दलको स्वार्थभन्दा माथि उठेर देश, जनता र राष्ट्रियताका सम्बद्र्धनका लागि केन्द्रित हुनपर्ने बताए । आज भएको निर्वाचनमा उपमहानगरपालिका क्षेत्रका २२४ वडाबाट निर्वाचित प्रतिनिधिको सहभागिता रहेको राप्रपा मकवानपुरले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij