Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भेटवार्ता सकिएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफल सकिएको हो। पार्टीभित्रको विवाद चर्किएको चार महिनापछि दुई पक्षबीच भेटवार्ता भएको हो। छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी थिए। नेपाल तर्फबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij