Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूबीच बैठक बस्यो । पार्टी कार्यालयमा सम्पन्न बैठकमा दुवै पक्ष कुनै निष्कर्षमा पुग्न सकेनन । दुवै पक्षका शीर्ष नेताहरूले आ–आफ्नो धारणा राख्ने काम मात्र भयो । ‘‘दुवै पक्षले आ–आफ्नो अडान राखेका छन्, छलफल जारी रहन्छ’ नेता रघुजी पन्तले भने, ‘‘वार्ता सौहार्दपूर्ण र, सकारात्मक भयो । एक अर्काका कुरा सुन्ने, बुझ्ने काम भयो ।’ अध्यक्ष ओलीले सकारात्मक रूपमा वार्ता अगाडि बढाउने आफूहरूको अपेक्षा रहेको पनि पन्तले जानकारी दिए ।
गत फागुन २८ मा ओलीले आफू पक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय गरेका थिए। उक्त निर्णयबारे आफूहरूलाई जानकारी नभएको र निर्णय भएको भए नमान्ने अडान आफूहरूले अध्यक्ष ओलीलाई जानकारी गराएको पन्तले बताए। उनले भने, ‘२८ गते भएको बैठकका निर्णय थाहा छैन। निर्णय स्विकार्दैनौँ। त्यो बैठक विधानअनुसार छैन। स्वीकार्न सकिन्न भनेर हामीले भनेका छौँ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij