Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

२८ गतेको निर्णय मान्ने भए आउनुस्, नभए के गर्न सक्छु र ?

२८ गतेको निर्णय मान्ने भए आउनुस्, नभए के गर्न सक्छु र ?

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते आफूहरूले गरेको निर्णय नउल्टिने स्पष्ट पारेका छन्। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एमालेका दुवै पक्षको भेलामा उनले सो निर्णय मानेर अघि बढ्न माधवकुमार नेपाल पक्षलाई प्रस्ताव गरेका हुन्। २८ गतेको निर्णय विधान बमोजिम छु, ओलीको भनाइ उदृट गर्दै बैठकमा सहभागी एक नेताले भने,"निर्णय मान्ने भए आउनुस्, नभए के गर्न सक्छु र ?" ओलीले आफूले पार्टी ब्युँत्याएको नभइ अदालतले ब्युँत्याएकाले नयाँ निर्णय गर्नुपरेको बताएका थिए । बैठकमा माधवकुमार नेपालले एकपक्षीय र विधान विपरीत निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। ओलीले भने अध्यक्ष र महासचिव सहितको निर्णय भएकाले विधान विपरीत भन्न नमिल्ने बताएका थिए।

    onlinepatrika
    Arghakhachi

    २८ गते ओलीले आफू पक्षीय केन्द्रीय कमिटी भेलाबाट नेताहरुको जिम्मेवारी हेरफेर गर्ने, केन्द्रीय कमिटी सदस्य थप्ने, विधान संशोधन गर्ने तथा महाधिवेशनको मिति तोक्नेसम्मका निर्णय गरेका थिए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij