Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

शुरुमा त राम्रै कुरा भयो तर छुट्टीने बेलामा टर्रो कुरा गर्नुभयो : नेता नेपाल

शुरुमा त राम्रै कुरा भयो तर छुट्टीने बेलामा टर्रो कुरा गर्नुभयो : नेता नेपाल

  • काठमाडौँ  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फागुन २८ गतेका निर्णय अवैधानिक भएको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा केपी शर्मा ओली पक्षसँगको बैठकमा बोल्दै नेता नेपालले पूर्व एमाले २०७५ जेठ ३ गतेकै स्थानमा फर्किन आग्रह गरेका हुन्। उनले फागुन २८ का निर्णय खारेज गर्न प्रधानमन्त्री ओली सहमत भए कुरा मिल्न सक्ने पनि बताए। नेता नेपालले कार्यदल बनाएर जान सकिने कुरा पनि बैठकमा राखेका थिए। ‘हामी एउटै हौँ । पूर्व एमाले जुन स्थानमा थियो संरचनाको हिसाबले पदाधिकारी, सदस्यहरुको हिसाबले फर्कौं’, उनले भनेका छन्, ‘२८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्य अवस्थामा पुर्‍याइदिऊँ । त्यसपछि छलफल गरौं, कार्यदल बनाएर जान सकिन्छ।’ बैठकबाट बाहिरिँदै नेता नेपालले सुरुमा एकदमै राम्रो कुरा भएको प्रतिक्रिया दिए। तर बैठकको अन्तिमा दुवै पक्ष आफ्नै अडानमा बसेका कुरो नमिलेको उनले बताए।

    onlinepatrika
    Arghakhachi

    'सुरू एकदमै राम्रो कुरा भयो, सौहार्दपूर्ण वातावरणमा हामीले वार्ता गर्‍यौँ', उनले भने, 'तर छुट्टिने बेलामा टर्रो कुरा भयो। हामीले भनेका कुरामा प्रधानमन्त्रीजीले सहमति जनाउनु भएन, उठ्ने बेला टर्रो मुख बनाएर हिँड्यौँ।'

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij