Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । सत्तारूढ दल एमालेका नेताहरूबीच संवादहीनता तोडिए पनि आन्तरिक विवाद सहमतितर्फभन्दा विभाजनउन्मुख भएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा सोमबार अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको संवाद तिक्त बन्यो। सहमतिका सूत्रभन्दा आ–आफ्ना अडान पेस गररे दुवै पक्षका नेताहरूले विभाजनउन्मुख स्थितिलाई यथावत् राखेको छलफलमा सहभागी नेताहरूले बताएका छन्। ओलीसँगको छलफल सकारात्मक नभएको ब्रिफिङ गर्दै एमाले वरिष्ठ नेता माधव नेपालले राष्ट्रिय कार्यकर्ता भेला गर्ने पूर्वनिर्धारित कार्यक्रम नरोकिने र त्यसको तयारीमा लाग्न आफू पक्षका केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए । नेपाल पक्षले चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । नेपाल पक्षीय नेताहरूले कार्यकर्ता भेलाको निर्णय गरेपछि ओलीले मंगलबार बालुवाटारमा केन्द्रीय कमिटी सदस्यहरूका लागि चियापानको कार्यक्रम गरिएको भन्दै सबै नेतालाई म्यासेज पठाएका थिए ।
तर नेपाल समूहले त्यो पनि बहिष्कार गर्ने बताएपछि ओलीले नेपाललाई भेट्न प्रस्ताव गर्दै सोमबार बिहान फोन गरेका थिए । कान्तिपुरमा खबर छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij