Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

प्रधानमन्त्रीको सरकारी निवासमा एमालेको चियापान, पत्रकारलाई ‘नो इन्ट्री'

प्रधानमन्त्रीको सरकारी निवासमा एमालेको चियापान, पत्रकारलाई ‘नो इन्ट्री'

  • काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिबेरमा नेकपा एमालेको चियापान शुरु हुँदैछ । बिहान ११ बजेका लागि भनिएको चियापान केही ढिला गरी शुरु हुन लागेको छ । चियापानको लागि आमन्त्रण गरिएका एमालेका नेता, मन्त्री, सांसद र समाचार संकलनको लागि पत्रकारहरु बालुवाटार पुगेका छन् । आजजाउ चलेका कारण बालुवाटार हाई अलर्टमा छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले आह्वान गरेको चियापान समारोहमा गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना लगायतका मन्त्रीहरुसहित सांसदहरु बालुवाटारमा प्रवेश गरिसकेका छन् ।

    onlinepatrika
    Arghakhachi

    तर,उक्त चियापान कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रवेश निषेध गरिएको छ । चियापानको समाचार संकलनका लागि विभिन्न सञ्चारगृहबाट गएका सञ्चारकर्मीहरु बालुवाटार परिसरमा नै रोकिएका छन् ।

    AGNI GROUP

    baluwatar.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij