Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

अब अचाक्ली भयो, सहन सकिन्न : प्रधानमन्त्री ओली

अब अचाक्ली भयो, सहन सकिन्न : प्रधानमन्त्री ओली

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा नजान नेता कार्यकर्तालाई आग्रह गरेका छन् । माधवकुमार नेपाल समूहको नाम नलिई उनले केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै  एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान सचेत गराए । पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘केही मानिसहरु निहुँ खोजिरहेका छन् । भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे, समानान्तर कमिटी बनाउने अरे ।’

    onlinepatrika
    Arghakhachi

    ‘अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन’ उनले अघि भने, ‘अचाक्ली भयो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन सक्दैन ।’ पार्टीको विधान, दलसम्बन्धी कानून रहेको भन्दै ओलीले यसबारे सबैको ध्यानाकर्षण गराउन चाहेको बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij