Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । एमालेको माधव कुमार नेपाल पक्षले राष्ट्रिय भेला बोलाएपछि संस्थापन पक्षले पार्टीको तर्फबाट कुनै त्यस्तो भेला नबोलाइएको स्पष्ट पारेको छ । महासचिव ईश्वर पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट चैत ४ र ५ गतेका लागि कुनै भेला आहवन नभएको र प्रचारित सूचनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा अनाधिकृत गुटगत भेला नगर्न नगराउन, कसैले बोलाएपनि सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार पार्टीका केन्द्रीय सदस्यहरूका लागि गरिएको चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij