Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीबाट पीडित भएका सबै एकै ठाउँ आइपुगेको बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका ओलीले लगातार गुटगत कृयाकलाप गरेको उनले बताए। ओलीजीले गुटगत कृयाकलाप सुरुवात गरे। गुटको सुरुवात उहाँले गरेको हो, नेपालले भने, 'मदन भण्डारी फाउन्डेसनमार्फत उहाँले नै हो गुट तलसम्म लगेको । उनले ओली पीडितहरु आज एकै ठाउँ आइपुगेको बताए । 'तपाईंहरु पीडित, हामी पनि पीडित, पीडित-पीडित एक ठाउँमा भेला भएका छौँ', उनले भने, 'तपाईं हाम्रो पीडा र बेदना एकै छ, त्यसैले हामी एकै ठाउँ छौँ।'
नेपालले ओलीले अरुका कुरा नै नसुन्ने गरेको बताए । 'बैठक राखौँ भन्दा हाम्रो कुरै सुनिएन। उहाँका प्रवचन सुनेर बस्नुपर्यो', उनले भने, 'न पार्टी कमिटी बने न छलफल गर्न ओली तयार हुनु भयो। यी सबै कुराले संकट ल्याएको हो।'
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij