Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली पुगेका छन् ।
पछिल्लो समय फागुन ११ र २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेपाली राजनीति तातिरहेका बेला बुधबार पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड ‘मुड फ्रेस’ का लागि परिवारसहित सिन्धुली पुगेका हुन् । तनाव हुँदा बाहिर काठमाडौंबाट नजिकका जिल्ला जाने उनी औपचारिक कुनै कार्यक्रम नभएपनि भेटघाटका लागि भन्दै सिन्धुलीतिर लागेका हुन्। निकट स्रोतका अनुसार प्रचण्ड आज साँझ माओवादी केन्द्रका नेता तथा सांसद हरिबोल गजुरेलको निवासमा बस्नेछन् ।
केहि दिन अघि आफूलाई जनताको घरदैलोमा जाने अवसर मिलेको बताएका दाहालले भोलि सिन्धुलीमा कार्यकर्तासँग भेटघाट गर्ने बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij