Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

  • सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तीन वर्षअघि नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। एमाले संसदीय दलको बहुमत सांसदको उपस्थितिमा बुधबार बसेको बैठकले २०७४ फागुन ४ गते मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको स्रोतले जनाएको छ । बिहीबारदेखि लागु हुने गरेर एमालेको समर्थनमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ,’संसदीय दलका नेता यामलाल कँडेलले भने, ‘त्यसको लिखित जानकारी प्रदेश प्रमुखलाई गराइ सकेका छौं।कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित २० जना सांसद छन्। तीमध्ये १० जना बैठकमा उपस्थित थिए। बैठकमा संसदीय दलका नेता कँडेलसहित प्रमुख सचेतक गुलावजंग शाह, कौशीलावती खत्री, बद्मी क्वारी बोहोरा, खड्कबहादुर खत्री, राजु नेपाली, मिनासिंह रखाल, दानसिंह परियार, पद्मा खड्का र पदमबहादुर रोकाय उपस्थित थिए। यसअघि माधव नेपाल समूहमा रहेका खड्का र रोकायले अहिले ओली समूहमा हाम फालेका छन् । यस्तै नेता कडेंलले भने, नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हौं। एउटै पार्टी हुँदा पनि कँडेलको अगुवाइमा असोजमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको थियो।

    onlinepatrika
    Arghakhachi

    साथै, दलको बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी तीनैजना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। एमालेबाट मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा प्रकाश ज्वाला आर्थिक मामिला तथा योजनामन्त्री, दल रावल सामाजिक विकासमन्त्री र नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्। यो खबर नागरिक दैनिकमा छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij