Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

पार्टी कब्जा गर्ने रणनीतिमा ओली

पार्टी कब्जा गर्ने रणनीतिमा ओली

  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी गरेका छन् । केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टी कब्जा गर्ने रणनीतिमा ओली लागि परेका छन् । ओलीले वरिष्ठ नेता झलना खनाल र माधवकुमार नेपाल लगायत नेताहरु अनुपस्थित रहेको केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी हेरफेर गर्ने नेपाल लगायत चारजना नेतालाई स्पष्टीकरण सोध्ने तथा संसदीय दलको विधान संशोधन गरेर समानुपातिक सांसदलाई हटाउनेसम्मको अधिकार लिनेजस्ता निर्णय गराउनुले यही संकेत गरेको एक नेताले बताए ।

    onlinepatrika
    Arghakhachi

    नेपाल समूहले समानान्तर कमिटी गठन गरी पार्टीभित्रैबाट ओलीलाई चुनौति दिने र अन्तरसंघर्ष जारी राख्ने नीति लिइरहेका बेला उनले शनिवार बालुवाटारमा​ केन्द्रीय कमिटीको बैठक राखेर आफूअनुकूल निर्णय गराएका हुन् ।

    AGNI GROUP

    नेपाल समूहले यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरी पार्टीभित्रै अन्तरसंघर्ष गर्ने र एमालेलाई पुनर्जीवन दिने निर्णय समेत गरिसकेको छ । भेला रोक्न ओलीले हरसम्भव प्रयास गरेका भए पनि सफल भने भएनन् । यो खबर नागरिक दैनिकमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij