Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । शनिबार एमालेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय हास्यास्पद र अवैध भएको बताएका छन्। त्यस्तै शनिबारै ओलीले विभिन्न निर्णयमार्फत आफूमा शक्ति केन्द्रीकरण गरेका छन्। रावलले संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्ने ओलीको अवैध कमिटीको कथित बैठकले कारवाहीका लागि स्पष्टीकरण सोध्नु हास्यास्पद र अवैध भएको बताएका हुन्। ‘राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएका आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रणा गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको अवैध कमिटीको कथित बैठकले कारवाही गर्नु अवैध र हास्यास्पद छ’, उनले भने
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij