Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

सरकारले दिएको १० लाख नवीन्द्रराज जोशीको परिवारले नलिने

सरकारले दिएको १० लाख नवीन्द्रराज जोशीको परिवारले नलिने

  • काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रुपैयाँ उनको परिवारले अस्वीकार गरेको छ। ब्रेन ह्यामरेज भएपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको उपचारका लागि मन्त्रिपरिषदले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। उप प्रधानमन्त्री इश्वर पोखरेल जोशीको अवस्था बुझ्न अस्पताल पुगेका थिए। त्यहीँ उनले उपचारका लागि सघाउने बताएका थिए। तर, जोशीको परिवारले सरकारले दिने भनिएको रकम नलिने निर्णय गरेको हो। 'उपचार खर्च भन्दा पनि सरकारले सम्मानका लागि धन्यवाद। सरकारका मन्त्रीले नै सहयोग गर्छौं भनेर जानु भएको थियो,'जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले भने,'त्यसैअनुसार हामीले अप्रोच पनि गरेको हो। क्याबिनेटले १० लाख दिने निर्णय गर्‍यो भनेर प्रधानमन्त्री कार्यालयबाट फोन आयो। तर, उहाँहरुको परिवारले त्यो रकम स्वीकार नगर्ने निर्णय गर्नु भएछ।' पाण्डेका अनुसार त्यो रकम वीर अस्पतालमा उपचार गराइरहेका विपन्न परिवारका सदस्यलाई दिन समेत परिवारले भनेको छ। 

    onlinepatrika
    Arghakhachi

    जोशीको स्वास्थ्य अवस्थामा ठूलो सुधार भएको छैन। 'उहाँको स्वास्थ्य अवस्था त जटिल नै छ,' पाण्डेले भने। उनका अनुसार विदेश लगेर भए पनि उनको उपचार गर्ने मनस्थिति बनाएको भए पनि जोशीको अवस्थाले त्यस्तो सम्भव नभएको हो। 'बाहिर लैजान सबै तयारी भएको भए पनि अस्पतालले सिफ्टका लागि पर्मिसन नदिएकाले आज यही बसेर  उपचार गराइरहेका छौं,' उनले भने। 

    AGNI GROUP

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij