Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

संसदलाई प्रभावकारी बनाउन छलफलका लागि समय मागेको छु सभामुख सापकोटा

संसदलाई प्रभावकारी बनाउन छलफलका लागि समय मागेको छु सभामुख सापकोटा

  • काठमाडौं  ।  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभावकारी बनाउने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि समय मागेको बताएका छन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा दुई धार देखिएलगत्तै सभामुख र प्रधानमन्त्री बिच द्वन्द्व देखिएको थियो। संवैधानिक नियुक्तिको विषयमा सभामुख अनुपस्थित भएसँगै प्रधानमन्त्री ओली सभामुख सापकोटासँग असन्तुष्ट बनेका थिए। उपसभामुखको निर्वाचनका लागि कार्यतालिका बनाउन आफूहरु तयार रहेको र त्यसमा दलहरुबिच सहमति आवश्यक रहेको उनले बताए। उनले संसद प्रभावकारी बनाउने तथा अध्यादेशहरुको विषय सधैं यत्तिकै रहन नसक्ने बताउँदै त्यसमा क्रमशस् दलहरुसँग सहमति हुँदै जाने बताए। 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij