Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन्। सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमै पुगेर विप्लवले ओलीलाई भेटेका थिए। शान्ति सम्झौता कार्यान्वयनबारे छलफल गरेको नेकपाका एक नेताले जानकारी दिए । सरकारसँग गरिएको तिनबुँदे सहमतिपत्रमा उल्लेख भएअनुसार नेकपाका नेता(कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज र सम्पूर्ण कार्यकर्ता रिहाइका सन्दर्भमा सरकार के गरिरहेको छ भन्दै उनले चासो राखेका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij