Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा खतराको कालो बादल मडारिरहेको टिप्पणी गरेका छन् । बुधवार नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन् । नेपाली राजनीति गम्भीर मोडमा आएको बताउँदै नेपाली जनताले राजनीतिक चेतनालाई दह्रोसँग अगाडी बढाउन नसकेमा खतरा हुने बताए । प्रचण्डले भने-“अझै पनि खतराको कालो बादल मडारिराखेकै छ, आकाशमा । नेपाली जनताले आफ्नो चनाखोपनलाई,राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध भएन भने खतरा हुन पनि सक्छ,” ।
“नेपालीहरुमा निर्णयको अधिकार छैन, तिमीहरु निरिह हौं, निरिह नै रहन्छौ भन्न पो खोजिएको हो रु तिमीहरु बढी गर्यौ भने परिणाम भोग्न तयार होऊ भनेर धम्कीको आउन थालेको हो कि रु तिमीहरुको निर्णय हामी गरिदिन्छौं, तिमीहरुलाई आदेशपालक बनाउन पो खोजिएको हो कि जस्तो लाग्छ ।” प्रचण्डले भने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij