Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

 नेपालीहरु चनाखो हुने दिन आयो :दाहाल प्रचण्ड

 नेपालीहरु चनाखो हुने दिन आयो :दाहाल प्रचण्ड

  • काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले पछिल्लो समय नेपालीहरुलाई हेप्ने र आत्मनिर्णयको अधिकार खोस्ने प्रयास भइरहेको बताएका हुन् । दाहालले  केही समयअघि नेपालीहरु आत्मनिर्णय गर्न सक्षम रहेको महसुस गरेको अवस्थामा अहिले विस्तारै उक्त अधिकार खोसिँदै गएको पनि दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरुको आत्मनिर्णयको अधिकार धरापमा पर्दै गएको बताएका छन्।

    ‘शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गर्दा, संविधानसभाबाट गणतन्त्र र संविधानको घोषणा गर्दा, कम्युनिस्ट पार्टीको एकताको गठबन्धन गर्दा र चुनावको नेतृत्वको गर्दै गर्दा आत्मगौरव हुन्थ्यो,  उनले भने, त्यसबेला हामीलाई कसैको दबाब, हस्तक्षेप डर, धाक, धम्कीबिना आफैँले निर्णय गरेका थियौँ। हामी आफैँले निर्णय गरेर परिणाम निकाल्न सक्नु नेपालीको आत्मगौरवको विषय थियो । दाहालले नेपालीहरु चनाखो हुने दिन आएको बताए। नेपाली जनताले आफ्नो चनाखोपनलाई बढाएनन् भने खतरा हुन पनि सक्छ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij