Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

जसपालाई ओली सरकारको निम्तो, 'आउनुस्, आठ मन्त्रालय चलाउनुस्'

जसपालाई ओली सरकारको निम्तो, 'आउनुस्, आठ मन्त्रालय चलाउनुस्'

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई आठ वटा मन्त्रालय दिने गृहकार्य अगाडि बढाएका छन् । जनता समाजवादी पार्टीले राखेका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको हो । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका नेताहरुसँग कुराकानी गरेको स्रोतले बताए । जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा कसरी फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रस्ट कुराकानी भयो,’ महतोले भने, ‘कुनै मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनुपर्ने हुन्छ भने कुनै मुद्दा जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिए पुग्छ ।’ भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको दावी छ । स्रोतका अनुसार जसपा सरकारमा सहभागी भएमा महत्त्वपूर्ण आठ मन्त्रालय दिन प्रधानमन्त्री तयार भएका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij