
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त अभिनित ‘मन बार’ युट्युवबाट हटेको छ । हिन्दी फिल्म ‘नामर्द’ को हुबहु नक्कल गरेको भन्दै चौतर्फी आलोचना भएपछि फिल्म युट्युवबाट हटाइएको हो ।
फिल्मको अन्य फिल्मबाट नक्कल भएको भन्दै आलोचना भएपछि अभिनेत्री सुरक्षा पन्तले फेसबुकमा स्ट्याटस लेख्दै फिल्म अभिनय गर्नु आफूबाट गल्ती भएको समेत बताएकी छन् । साथै उनले अब बन्ने यसको दोस्रो भागमा आफु नरहने समेत स्पष्ट पारेकी छन् ।
जीवन शाहीको निर्देशन रहेको यो फिल्ममा ओएसआरकै रुपेन्द्र खड्गीले लेखकको नाम राखेका थिए । ओएसआर डिजिटलले निर्माण गरेको फिल्म ‘मन बार’मा सुरक्षा पन्त र कोशिस क्षेत्रीको अभिनय देख्न सकिन्छ।
यो पढ्नुस्
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij