Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

जसपा विवाद उत्कर्षमा : महन्थ ठाकुरले उपेन्द्र यादवलाई सोधे ७ बुंदे स्पष्टिकरण

जसपा विवाद उत्कर्षमा : महन्थ ठाकुरले उपेन्द्र यादवलाई सोधे ७ बुंदे स्पष्टिकरण

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद अहिले बढ्दै गइरहेको छ । दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच कुरा नमिल्दा पार्टी विवाद चरम उत्कर्षमा पुगेको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको अध्यक्ष ठाकुरले समर्थन गर्दै आइरहेका छन् भने अर्का अध्यक्ष यादवले विरोध गर्दै आइरहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    यसैबीच ठाकुरले यादवलाई ७ बुंदे स्पष्टीकरण सोधेका छन् । यादवले ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई कारबाही गर्ने तयारी गरिरहेको बेला ठाकुरले स्पष्टीकरण सोधेका हुन् । 

    AGNI GROUP

    ठाकुरले पार्टीको निर्णय विपरित काम गर्दै हिँडेको भन्दै ७ बुंदे स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गर्नुको कारण, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न जानुको कारणलगायत विषयमा सोधिएको छ । 

    यो हेर्नुहोस् :

    jasapa.png

    jas2.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij