Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सभापति देउवाद्वारा मल्लको निधनप्रति दुख व्यक्त

सभापति देउवाद्वारा मल्लको निधनप्रति दुख व्यक्त

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुख व्यक्त गरेका छन् । उनको काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत पार्टीका नेता, पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मल्लको असामयिक निधनको खबरले दुःखी बनाएको उल्लेख गरेका छन्।

    AGNI GROUP

    देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट समवेदना प्रकट गरेका छन् ।

    कैलाली निवासी मल्ल कांग्रेसका महासमिति सदस्य रहेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij