Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा अनेरास्ववियुद्वारा माइतीघरमा शङ्ख जुलुस

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा अनेरास्ववियुद्वारा माइतीघरमा शङ्ख जुलुस

  • ललितपुर । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा खनाल-नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियुले माइतीघरमा मण्डलामा शङ्ख फुक्दै विरोध प्रदर्शन गरेका छन् । साथै नेपाल आयल निगमलाई मूल्यवृद्धि फिर्ता लिन अल्टिमेटम दिएका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल आयल निगमले असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्दै माग सम्बोधन नगरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

    AGNI GROUP

    असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने आन्दोलनका कार्यक्रमहरु रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij