Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

ठेकदारविरुद्ध कोदो रोपेर सरकारसँग दुःखेसो

ठेकदारविरुद्ध कोदो रोपेर सरकारसँग दुःखेसो

  • काठमाडौं । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ

    onlinepatrika
    Arghakhachi

    गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले आज हिलाम्मे सडकमा कोदो रोपेको जानकारी दिए । ढुङ्गागाडे मोडमा वर्षौँदेखि सडक निर्माण अलपत्र हुँदा बर्खाका बेला यात्रुहरु हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपर्ने बाध्यता छ । गोरखा–४ र ८ को बीचमा पर्ने ढुङ्गागाडे मोडमा नगरपालिकाभित्रका वडा नं १, २, ४ र ८ का वडाध्यक्ष सहितका जनप्रतिनिधि भेला भएर कोदो रोपाइँ गरेको उनले बताए ।

    AGNI GROUP

    ‘नगरपालिकाभित्रै मूल सडकमा अहिले एम्बुलेन्ससम्म पनि गुड्न सक्ने अवस्था छैन’, उनले भने, ‘ठूला सवारी साधानसमेत घण्टौँ फस्ने गरेका छन्, अझै कति समय नागरिकले हैरानी खेप्नुपर्ने हो थाहा छैन ।’ ठेकेदार कम्पनीलाई पटक–पटक सडक छिटो निर्माण गर्न दबाब दिएको भए पनि चासो नदिएको उनले बताए ।

    बाँनिया कन्स्ट्रक्शन निर्माण सेवा हटौँडाले उक्त सडकखण्ड कालोपत्रको ठेक्का लिएको छ । करिब रु आठ करोड ५० लाखको लगानीमा गोरखा सदरमुकामस्थित हस्पिटलचोकबाट आहाले फिनाम लाकुरीबोटसम्म ४.६ किलोमिटर सडक निर्माणको बाँनिया कन्स्ट्रक्शनले पाएको छ । ठेकेदारको लापरवाहीका कारण अहिले थोरै वर्षा हुनेबित्तिकै साना तथा ठूला सवारीलाई चल्न सक्दैनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij