Jun 15 2026 | २०८३, असार १ गते
ललितपुर । नेकपा एमालेका सांसद महेश बस्नेतले प्रतिनिधि सभामा कविता सुनाएका छन् । बस्नेतले दार्चुलाका ३३ वर्षीय युवा जससिंह धामी प्रकरण सहित कोरोना रोकथाम र नियन्त्रण लगायतका विषयमा ध्यानाकर्षण गराउँदै कविता सुनाएका हुन् ।
यस्तो छ उनको कविता :
एसएसबीले तुइन काटे,
जयसिंह धामी महाकालीमा डुबे,
सरकार भन्छ मैन बस्
समाचार नबनाउ,
प्रधानमन्त्री भन्नुहुन्छ खोपो, खोप, खोप,
कांग्रेसको मेयरको घरमा खोप
उपसभापतिको घरमा खोप
होटेलमा सत्तापक्षको कार्यकर्तालाई खापै खोप
जनता दिनरभर लाइनमा खोप न सोप ।
विचरा, सरकार व्यापारीलाई मन्त्री बनाउछ,
दक्ष सचिव फेर्छ,
वीर हस्पिटलका एमडी फेर्छ
स्वास्थ्य माफियालाई संरक्षण गर्छ
देशमा बाढी पीडित जनता रातह पाइनँ भनेर कराउँदै छ
कांग्रेसमा विपक्षीहरु मन्त्री नपाए सत्तामा जान्न भन्दै छन् ।
कांग्रेसका वडा अध्यक्षहरु नगरपालिकाको कार्यलयहरु फोड्दै छन् ।
माओवादी जसपा भन्दैछन्,
मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए,
दिमागमा आतंका ल्याए,
भुकम्प ल्याए ।
परमादेशबाट बनेको सरकार तीन हप्ता भएछ ।
मन्त्री परिषद गठन भएन,
न्युनतम साझा कार्यक्रम आएन,
प्रधानमन्त्री, अब बेरोजगार भएका त्रीपाठीहरुलाई अदालत पठाउनुहोस् ।
फलाना पार्टीका फलना मन्त्रीलाई मन्त्री बनाइ पाउँ भनेर परमादेश जारी गराउनुहोस्
नत्र जनादेशविनाको सरकार चल्लाजस्तो देखिएन,
अब जनता भन्दै छन् केपी बा आइ लभ यु । परमादेशवाला सरकार हटाइन्छ ।
जनादेशवाला सरकार ल्याइन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij