Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

कुर्सीको कमाण्ड सँगसँगै यस्तो छ पम्फाको प्लान !

कुर्सीको कमाण्ड सँगसँगै यस्तो छ पम्फाको प्लान !

  • ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई निशुल्क विद्युत् उपयोग गर्न दिइने घोषणा गरेकी छिन् । बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका नागरिकलाई निस्शुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् ।

    onlinepatrika
    Arghakhachi

    विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत् महसुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरूलाई राहत दिनुपर्छ भनेर निस्शुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेकी छु । करिब–करिब हामी त्यसको निष्कर्षमा पुग्दै छौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्वारा त्यसको तयारी गरेकी छु मैले ।’

    AGNI GROUP

    ऊर्जामन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाइ पुर्‍याउन पनि आफू क्रियाशील रहने बताइन् । सिँचाइको निस्शुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij