Jun 15 2026 | २०८३, असार १ गते
‘प्रस्तुत विषयमा यस मेन्छयायेम गाउँपालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमको ससुराबुबा कृष्णप्रसाद गौतमको निधन भएकाले एकदिन यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू एवं गाउँपालिका मातहतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवं तेह्रथुमको मेन्छयायेम गाउँपालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमको ससुराको निधनमा गाउँपालिकाभर शोक विदा दिइएको छ । शुक्रबार पालिकाभर बिदा दिइएको निमित्त प्रशासकीय प्रमुख विष्णुप्रसाद पोखरेलले पुष्टि गरेका छन् ।
पोखरेलले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा यस मेन्छयायेम गाउँपालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमको ससुराबुबा कृष्णप्रसाद गौतमको असामयिक निधन भएकाले यस शोकको घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै मिति २०७८।०४।२२ गते शुक्रबार एकदिन यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू एवं गाउँपालिका मातहतका कार्यालयहरू (स्वास्थ्य संस्थाबाहेक) मा शोक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij