Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

माधवको मार्गमा यी मुहारहरु मुसुक्क 

माधवको मार्गमा यी मुहारहरु मुसुक्क 

  • नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि सनाखत गरेका ५५ जना केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । एमालेबाट विभाजित भई नेकपा एकीकृत समाजवादी दल दर्ता गराउन पुगेका माधवकुमार नेपाल पक्षमा ५५ जना केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । दल दर्ताका लागि सनाखत गरेका ५५ जना केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरिएको हो । तर, सनाखत गरिएका चार जनाको नाम सूचीमा दोहोर्‍याइएको छ ।

    AGNI GROUP

    सनाखत गरेका केन्द्रीय सदस्यहरुमा माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमार झाँक्री, निरादेवी जैरू, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमार विशुंके, लक्ष्मी चौधरी, विना बुढाथोकी, बेदुराम भुसाल, शेरबहादुर कुँवर, डगेन्द्र प्रकाश पुरी, उदय शर्मा ९पौड्याल० सिंगबहादुर विश्वकर्मा रहेका छन् । 

    त्यसैगरी नन्दा चपाइँ, शान्तिकुमारी अधिकारी जिसी, सावित्रा भुसाल, गौरा प्रसाईं कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र्र चुँडाल, सरलाकुमारी यादव, सुधिर प्रसाद साह, शत्रुधन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही, भागवत नेपाली, चुडामणि विक जंगली, घनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा। देउमान सम्वाहाङ्फे, भास्कर काफ्ले, कृष्णप्रसाद खनाल, महम्मद महफुज अन्सारी, हरिप्रसाद पराजुली र केदार न्यौपानेले सनाखत गरेका छन् । 

    तर, सूचीको ३ र ३७ नम्बरमा कल्याणीकुमारी खड्का, ६ र ३१ नम्बरमा रामकुमारी झाँक्री, ७ र ४३ नम्बरमा निरादेवी जैरू र ८ र १४ मा प्रेमबहादुर आलेको नाम दोहोर्‍याइएको छ । 

    madhav.jpg
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij